प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
2.3K
SHARES

५ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज विशेष सम्बोधन गर्ने भएका छन् । आजको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिएका छन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बिहान साढे ११ बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यसूची छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए ।