यो सरकार तोपै हाने पनि ढल्दैन – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
2.2K
SHARES

५ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १७ महिनासम्म आफू प्रधानमन्त्रीबाट नहट्ने दाबी गरेका छन् ।  लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले सरकार ढलिहाल्छ भन्ने हल्ला नचलाउन आग्रह गरे । “यो सरकार ढलिहाल्छ, एउटा हल्ला चलेको छ । यो हल्ला नचलाए हुन्थ्यो,” उनले भने ।

उनले यस्ता हल्लाले युवाहरुमा निराशा आउने बताए । ओलीले आफूले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए । “सात महिना बितिसक्यो । १७ महिना प्रधानमन्त्री चलाउँछु । त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफैं छाड्छु । केपी ओलीलाई हराउन बल लगाउनुपर्दैन आफैं छाड्छु,” उनले भने ।

उनले आफू छिटो पाक्न औषधी हाल्ने खालको केरा, फलफुल नभएको पनि बताए । “१७ महिना तोप हाने पनि सरकार ढल्दैन । केही गरे पनि प्रधानमन्त्री ढल्दैन । झन्डै दुई तिहाइ छ, सरकार ढल्दैन,” ओलीले भने,“ १७ महिनापछि केही बल गर्नै पर्दैन । म राजीनामा दिन्छु शेरबहादुरजीलाई सहयोग गर्छु ।”