सिटिजन्स बैंकको १० हजार देखि ५ करोड सम्मको मुद्दती बचत योजना


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
1.7K
SHARES

५ फागुन काठमाडौं । अहिले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  १० हजार देखि ५ करोड सम्मको मुद्दती बचत योजना सार्वजनी गरेको  छ । अहिले गरेको बचतले भोलिका दिनमा आफुलाई निकै महत्वपूर्ण कामको लागि सहयोगी बन्ने अभिलासाले गर्दा आफ्ना ग्राहक वर्गमा उक्त योजना लिएर आएको छ ।

बैंकले निकै निम्न वर्ग देखि निकै उच्च वर्गलाई समेत एउटा योजना बनाएर आफ्ना ग्राहक वर्गलाई बैंकसंग जोड्ने काम गरेको छ  । बचत बैंकमा गर्नुपर्छ भन्ने धारणाले गर्दा कम देखि बढीसम्मको नै बचत योजना लिएर आएको बताएको छ ।

उक्त योजनाको लागि अहिले बैंकले सार्वजनिक गरेको व्याजदरमा थप ०.२५ प्रतिशत थपेर दिने समेत बताएको छ । ब्याजदर भुक्तानीको लागि मासिक रुपमा  वा त्रैमासिक तरिकाले नेपाली पात्रो अनुसार दिने बताएको छन् । जनता र बैंक एक अर्काको परिपुरक सम्बन्धलाई जोड्ने माध्यम बचत  हो । त्यसैले गर्दा जनताको अपेक्षा र मागलाई मध्नाजर गर्दै उक्त योजना सार्वजनिक गरेको छ ।

मुद्दती बचत योजना १ वर्ष पछि ग्राहकले आफुले चाहे अनुसारले परिवर्तन गर्न सक्ने पनि बताएको छ । उक्त योजना ग्राहकले आफ्नो मोबाइलबाट मोबाइल बैंकिंगबाट खोल्न सकिने  छ । अहिलेको युग डिजीटल युमा प्रवेश गर्दै गरेको अवस्थाललाई ख्याल गर्दै मानिसले आफ्नो काम गर्न बैंकमा नगई पनि गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्नको लागि पनि यो योजनाको लागि मोबाइल बैंकिंगको मध्यम प्रयोग गरिएको छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।