मध्य भोटेकोसी आयोजनालाई फेरि अर्काे समस्या


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
2.2K
SHARES

६ फागुन काठमाडौं । सुरूङ चुहिएपछि समस्या खेपेको मध्यभोटेकोसी आयोजनालाई अर्को समस्यामा परेको छ । त्यो हो, विकल्पका रूपमा निर्माण हुँदै गरेको शिवश्रीको प्रसारण लाइनमा अवरोध आउनु ।

आयोजनाका लागि निर्माण हुँदै गरेको प्रसारण लाइन समयमै नसकिने भएपछि विकल्पका रूपमा १३२ केभीको शिवश्री हाइड्रोको प्रसारण लाइन प्रयोग गर्ने सहमति भएको थियो । तर, उक्त प्रसारण लाइनमा पनि स्थानीयले अवरोध गरेका छन् ।

स्थानीयले ठूलो रकम माग गर्दै तार तान्न र टावर गाड्नमा अवरोध पुर्‍याएका हुन् । मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था अनुसार दुई सय केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत् त्यही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झार्ने तयारी छ ।