नेपालको सार्वजनिक ऋण २६ खर्ब


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०८१
2.9K
SHARES

७ फागुन काठमाडौ । नेपालको सार्वजनिक ऋण २६ खर्ब रुपैयाँभन्दा माथि उकालो लागेको छ । कुल गार्हस्थ उत्पादनका आधारमा ४५.७७ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन/माघ )सम्म सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड पुगेको छ ।

चालु आव सरकारले २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ ऋण, यस वर्षको अवधिमा १ खर्ब ५० अर्ब २० करोड ऋणको सावाँ भुक्तानी गरिएको छ ।