घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०८१
2.5K
SHARES

९ फागुन काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा ५ रुपैयाँको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९९५ रुपैयाँमा किनबेच भएको थियो।