शाइन रेसुङ्गा बैङ्क १७ औं वर्षमा


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१
6.3K
SHARES

११ फागुन रुपन्देही ।  काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ औ वर्षमा प्रवेश गरेको छ । बैङ्कको अधिकृत पुँजी ८ अर्ब, जारी पुँजी ४ अर्ब ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । २०८१ पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार बैङ्कको निक्षेप संकलन ६९ अर्ब ७२ करोड रहेको छ । कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रहेको छ ।

जसमा व्यापार कर्जा १८ दशमलव ९१ प्रतिशत, कृषि कर्जा ५ दशमलव ९१ प्रतिशत, आवास निर्माण कर्जा ३ दशमलव ८२ प्रतिशत, विपन्न वर्ग कर्जा ५ दशमलव ८९ प्रतिशत, जग्गा खरिद कर्जा ४ दशमलव ९५ प्रतिशत, होटेल तथा पर्यटन कर्जा १६ दशमलव ८५ प्रतिशत, उद्योग कर्जा १४ दशमलव २१ प्रतिशत, उपभोग्य कर्जा २० दशमलव ३५ प्रतिशत, हायरपर्चेज कर्जा १ दशमलव ४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६।५५ प्रतिशत र अन्य कर्जा १।०८ प्रतिशत रहेको बैङ्कले जनाएको छ ।

बैङ्कले आर्थिक वर्षमा २०८०÷०८१ मा ब्याजदर, पारिश्रमिक करलगायत अन्य शीर्षकमा गरी श्रोतमा कर कट्टीतर्फ ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ ३७ करोड ०६ लाख ६६ हजार गरी कुल ७२ करोड ६४ लाख ४६ हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरेको छ ।

।

बैङ्कले आर्थिक बर्ष २०८०÷०८१ मा इन्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एसिया बैङ्किङ अवार्डमा वेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, वेस्ट पर्फमेन्स अन ग्रोथ र वेस्ट बैङ्क शीर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा नेशनल वेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेस एज प्रा.लि. वाट वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो ।

बैङ्कका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने, डिजिटल कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैङ्क बन्ने लक्ष्य सहित अघि बढेको बताए ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको यो विकास बैङ्कलाई धेरैभन्दा धेरै सेवाग्राहीको बैङ्क बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले बैङ्क सुशासन, स्पष्ट भिजन र दिशासहित अघि बढेको बताउँदै वित्तीय अनुशासनको पाटोलाई बैङ्कले मुख्य जोड दिएको बताए । विगतमा सबै सरोकारवाला क्षेत्र आर्थिक अनुशासनमा नरहँदा त्यसको असर बैङ्क ब्याजदरमा परेको स्मरण गर्दै पौडेलले बैङ्किङ क्षेत्रमा अनुशासन जरुरी रहेको उल्लेख गरे । उनले डिजिटल बैङ्किङ तथा युवा उद्यमशीलता कार्यक्रमका कारण युवा पुस्तामाझ बैङ्क लोकप्रिय बनेको उल्लेख गरे ।