मुक्तिनाथविकास बैंकले तुलसीपुर बजार क्षेत्रमा CCTV Camera जडान गर्न
११ फागुन काठमाडौं । मुक्तिनाथविकास बैंकले संस्थागत सामाजिकउत्तरदायित्व (CSR) अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संगले संचालन गरेको “सुन्दर तुलसीपुर, सुरक्षिततुलसीपुर”अभियानलाई साथदिएको छ । उक्तकार्यक्रम अन्तर्गत तुलसीपुर बजार क्षेत्रमाहुन सक्ने अपराधिक गतिविधितथा दुर्घटना न्युनिकरण र पहिचानगर्न विभिन्न स्थानमा CCTV Camera जडान गर्न बैंकले आर्थिक सहायोग गरेको छ ।
उद्योग वाणिज्य संघको पहलमा संचालित यस प्रकारको अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवापुग्ने र स्थानियजनतामा समेत सुरक्षाको प्रत्याभुतीमिल्ने बैंकले विश्वास लिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्षश्री बिनय केसी, संघका अन्यपदाधिकारीहरु र तुलसीपुर इलाकाप्रहरी कार्यालयकाप्रमुखको उपस्थितिमा सम्पन्नभएको कार्यक्रममा बैंककातुलसीपुर शाखाप्रमुखश्री सरोज कुमार लामिछानेले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ सानाव्यापार तथाव्यवसायलाई प्रोत्साहनगर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मालगायत जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।