सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहकलाई स्टेहोटल भ्यालीभ्यू बिचछुट सम्बन्धि सम्झौता
११ फागुन काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटलभ्यालीभ्यू बिच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ ।जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्यालीभ्यूमा सांग्रिलाडेभलपमेन्ट वैंकको डेविडकार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानीगर्दा १० प्रतिशत छुट पाउने छन् । यस्तै, बैंककाकर्मचारीलाई २० प्रतिशत छुट दिइने छ ।यस सम्बन्धि सम्झौतापत्रमासांग्रिला डेभलपमेन्टबैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटलभ्यालीभ्यूका म्यानेजिङ डाइरेक्टर तर्कबहादुर शाहीले आजफागुन ११ गते हस्ताक्षर गर्नुभएको छ । यो सम्झौतादुई बर्षकालागिलागू हुने छ ।
यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका ग्राहक महानुभावलाई फाइदापुग्ने विश्वास यस बैंकले लिएको छ ।
आमनागरिकको प्रगाढविश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हालमुलुकभर ११२ शाखाकार्यालय र ३० वटा एटीएम मार्फत सेवाप्रवाहगर्दै आएको छ । संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालनागर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक,आगामी दिनमा सेवालाई अझविस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्तगर्दछ ।