अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन – प्रचण्ड
२० फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तथाकथित दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गरेका छन् ।नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको बताए ।
उनले भने, ‘अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन। राष्ट्रियसभामा जसरी गएको छ त्यो हेर्दा पास हुने स्थिति छैन । अनेक हत्कण्डा अपनाएर पास गरेको भन्ने सुनिन्छ । करोडौँको चलखेल हुन थालेको छ भन्ने कुरा पनि आएको छ । तर जे जे भए पनि अध्यादेश पास हुने स्थिति छैन। केही अध्यादेश त पास हुँदैनन् नै ।’