७ सहसचिवको सरुवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
2.3K
SHARES

२२ फागनु काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका छन् ।

ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । गत १५ माघमा तत्कालीन सीडीओ डा. नारायण ढकाल अवकाशमा गएपछि ओखलढुंगा सीडीओविहीन थियो ।त्यसैगरी खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ ।

रौतहटमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको छ ।नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । नुवाकोटमा रहेका रामकृष्ण अधिकारीलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।