नेप्सेसँगै घट्यो कारोबार रकम


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
2.4K
SHARES

२२ फागुन काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २.२७ अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ । यस दिन १० अर्ब १० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार १० अर्ब ९७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १७ कारोबार दिनदेखि बढिरहेको छ । यो दिन सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ६७२ रुपैयाँ २० पैसा कायम भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ ।

आज ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूचक बढेको छ । अरू समूहको परिसूचक घटेको छ ।