वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडाैंमा हुने


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
5.7K
SHARES

२२ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठमा हुने भएको छ।बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले जेठ १७, १८ र १९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।  वाइसीएलकाे   हिजाे बसेकाे बैठकमा  माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी थिए ।

तीन दिने सम्मेलन काठमाडौंमा हुनेछ । यसअघि दोस्रो सम्मेलन २०७४ मा भएको थियो ।