सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
2.2K
SHARES

२२ फागुन महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरूले टाउको उठाउने प्रयास गरिरहेको बताए।

उनले भने, इतिहास पछाडि फर्किँदैन, अब यस्ता सपना कसैले नदेख्न हुन्छ। अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानुपर्छ। पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुँदैन।