घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१
2.1K
SHARES

२३ फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।