नयाँ उद्योग दर्ता घट्दो


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१
2K
SHARES

२४ फागुन मकवानपुर ।  मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ ।

आर्थिकमन्दीका कारण  आर्थिक वर्ष २०७८/७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१/८२ को सात महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका तीन सय छ वटा व्यापार बन्द भएका छन् ।

उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१/८२ मा उद्योगतर्फ एक सय २७ र वाणिज्यतर्फका एक सय ७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन् ।