काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राजावादी समूह


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
2.4K
SHARES

२५ फागुन काठमाडौं । करिब एक महिना पोखरामा बिताएर काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतसहित शक्ति प्रदर्शनको तयारी गरिएको छ । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्न लागिएको जनाइएको छ ।पूर्वराजा शाह दिउँसो काठमाडौं ओर्लिनासाथ विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्‍याउने तयारी गरिएको राजावादी समूहले जनाएका छन् ।

राप्रपाले काठमाडौंका टोल टोलमा सन्देशमूलक कार्यक्रम आयोजना गर्दै पूर्वराजाको स्वागतका लागि उपस्थित हुन अनुरोध गरेको सो पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जनाएका छन् ।उनका अनुसार सबै नगरपालिकामा पुगेर राप्रपाका कार्यकर्ताले राष्ट्रिय झन्डा लिएर विमानस्थलमा स्वागत गर्न निम्ता दिएको बताएका छन् । संवैधानिक राजतन्त्र स्थापनाका लागि आफूहरुको आन्दोलन भएको उनीहरुको धारणा छ ।यसैबीच काठमाडौंमा सुरक्षाअवस्था कडा गरिएको छ । राजावादी समूहले शक्ति प्रदर्शन गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।