एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
3K
SHARES

२५ फागुन काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरेलाई नियुक्त गरिएको छ। शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायब कार्यकारी अधिकृत रहेका घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो।दुई कार्यकाल बिताएका सीईओ सुनील केसीको पदावधि यही फागुन मसान्तमा सकिँदै छ।

सोही कारण नयाँ सीईओमा घिमिरेलाई नियुक्त गरिएको हो।एक दशकभन्दा बढी समयदेखि एनएमबी बैंकमा आबद्ध घिमिरेलाई कर्जा बैंकिङमा विशेष अनुभव छ।