पोखराबाट उडे पूर्वराजा ज्ञानेन्द्र शाह


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
2.6K
SHARES

२५ फागुन पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (फागुन २५) दिउँसो कास्कीको पोखराबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं गएका हुन् ।

पोखरा–काठमाडौं हवाई रुटको उडान समय करिब २५ मिनेट हो । काठमाडौं फर्कंदा शाहको भव्य स्वागतको तयारी गरिएको छ ।