राजतन्त्रका भुतहरू बौरिन थाले – सांसद आलेगमर


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
2.9K
SHARES

२५ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आलेमगरले राजतन्त्रको नाममा भइराखेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ख्याल गर्न सुझाए ।‘प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् । २५० वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं । तर, त्यसका भुतहरु फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दैछन्’ सांसद मगरले भने ।

‘प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् । २५० वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं । तर, त्यसका भुतहरु फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दैछन्।’संसदमा माओवाद केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा)का सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर सरकारको आलोचना गरेका छन् । साथै सरकारलाई व्यवस्था विरोधी आवाज मथ्थर पार्ने कार्य गर्न समेत सुझाएका छन् । जनतमा रहेको सुशासन र सार्वजनिक सेवामा रहेको असन्तुष्टिलाई कम गर्ने उपाय अपनाउन र गणतन्त्र विरोधी व्यवहार नियन्त्रण गर्न सुझाएका छन् ।