माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २०८१
2K
SHARES
२५ फागुन डोटी । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । आइतबार शिखर नगरपालिका –७ बयरकोट बस्ने अन्दाजी ६० वर्षीय मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनको मृत्यु भएको जनाइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट