विकास र स्थायित्वका लाग कांग्रेस-एमाले गठबन्धन – उपप्रधानमन्त्री सिंह
२६ फागुन भोजपुर । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको सरकार गठन भएको बताएका छन् । भोजपुर नगरपालिका-४ दाँवास्थित सिद्धेश्वर माविको ७७औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सिंहले मुलुकको विकास निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको जिकिर गरे ।
विकास निर्माणका गतिविधि निरन्तर अगाडि बढाउन वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उनले आगामी वर्षको बजेट सबै वर्ग र क्षेत्रलाई समेटेर बनाउन अर्थमन्त्रीलाई अनुरोध गर्ने आश्वस्त पारे ।