उच्च अदालत पुगे रवि लामिछाने


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २६ २०८१
2.5K
SHARES

२६ फागुन काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने उच्च अदालत  पुगेका छन् । सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

लामिछानेसँग रुपन्देही  जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । जिल्ला अदालतले गरेको आदेश  बदर गरी पाउ भन्दै लामिछानेले निवेदन दिन लागेको  कानुन व्यवसायी पशुपति भण्डारी रातोपाटीलाई बताए ।