नेप्से २७५१.४२ विन्दुमा


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २६ २०८१
2.2K
SHARES

२६ फागुन काठमाडौं । गएको साताको सोमबारदेखि नै सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेको छ । ६ कारोबार दिनमा नेप्से परिसूचक १३८ अंकले ओरालो लागेको हो ।सोमबार (फागुन २६) नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४६.३३ अंकले घटेको थियो ।

गएको साताको सोमबार नेप्से १३.६२, मंगलबार ३०.३६, बुधबार २५.१६ र बिहीबार २.७ अंकले घटेको थियो । आज नेप्से २०.६८ अंकले घटेको छ ।यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ‘अन्य’ ०.०८ प्रतिशतले वृद्धि भएको छ । अरू समूहगत परिसूचक घटेको छ ।

आठ अर्ब ३७ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ४४ कम्पनीको सेयर मूल्य बढेको छ । १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।