४० अर्ब तान्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१
2.3K
SHARES

३ चैत काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज चैत ३ गते ४० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण मार्फत् पैसा तान्न लागेको हो भने यसका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन्।

यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। २१ दिने निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी चैत २४ गते गरिने बैंकले जनाएको छ