आजदेखि राष्ट्र बैंकले ग्लोबल मनि विक २०२५ मनाउने


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१
2.6K
SHARES

४ चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारदेखि ग्लोबल मनि विक २०२५ मनाउने भएको छ । राष्ट्र बैंकले चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाउने भएको हो ।‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो सप्लाहव्यापी कार्यक्रम गर्ने भएको छ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ।

राष्ट्र बैंकले आजदेखि ग्लोबल मनी विकको १३ औं श्रृखला मनाउन भएको छ । नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाइने राष्ट्र बैंकले जनाएको छ । वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील निकायहरूलाई यस अभियानमा सहभागी हुन राष्ट्र बैंकले अनुरोध गरेको छ।