सुनको मूल्य स्थिर


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१
2.8K
SHARES

४ चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।