राजा-महाराजा अन्तर्राष्ट्रिय वेश्यालय धाएर देशको बेइज्जत गर्थे – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१
2.6K
SHARES

४ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजावादीहरुले गरिरहेको गतिविधि संविधानविपरीत भएको दाबी गरेका छन् ।राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई फेरि रैती बनाउने र अधिकार खोस्नेतर्फ केन्द्रित रहेको बताए ।उनले युवाहरुलाई हिजो के भएको थियो भन्ने कुरा राम्रोसँग बुझाउनुपर्ने बताए ।

प्रचण्डले भने, ‘कोत पर्व के थियो ? भण्डारखाल ककसको झगडाले भएको हो ? त्यहाँ सयौं भारदारहरुको कत्लेआम कसरी गरिएको थियो ? नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारिया राजाहरुले कसरी गरेका थिए ? विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा र महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए ? यही अस्ति भर्खरै कलकत्तामा बेइज्जत गरेर जवहारलाल नेहरुले त तिमीहरुको राजाले त बेइज्जत नै ग¥यो, छिटो फर्काउ भन्नपर्ने, त्यो स्तरको कसले गरेको थियो ? नमिता-सुमिता हत्याकाण्ड के थियो ? दरबार हत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरुलाई बुझाउर्छ ।’उनले मौलिक अधिकार र सामान्य प्रेस स्वतन्त्रता पनि हरण गरेर जेल, नेल र हत्या कसरी हुने गरेको थियो भन्ने कुरा युवाहरुलाई थाहा नभएकाले बुझाउनुपर्ने बताए ।