ठूलो दुर्घटना हुनसक्छ – विप्लव


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
2.9K
SHARES

५ चैत काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गरेका छन्। झापा पुगेका महासचिव विप्लवले पत्रकारहरूसँग कुरा गर्दै नेपालमा ठुलो दुर्घटनाको खतरा रहेको बताए।यद्यपि, उनले अहिले जनता गणतन्त्रबाट फर्किहाल्ने मुडमा नदेखिएको बताए।

उनले भने, ‘केही चार पाँच जना नेताहरूबाटै देश घुमिरहने स्थितिबाट मुक्त हुनुपर्‍यो। यो ०४६ सालपछि तीनै अनुहारहरू घुमाइरहेका छन्। तिनीहरूले नयाँ नीति पनि दिन नसक्ने, नयाँ नेतृत्व पनि दिन नसक्ने हुँदा असन्तुष्टि बढेको छ। संविधानमा पनि अपूर्णता छ। शासकीय प्रणालीहरू नै स्थिर छैनन्, अहिले चलिरहेको अस्थिर संसदीय प्रणालीबाट जनता निराश भएका छन्, दोस्रो अन्तर्राष्ट्रिय शक्तिहरूले हाम्रो भूराजनीतिमा चलखेल गर्दाखेरी राजतन्त्रको विषय प्रखर भएर आएको जस्तो देखेका छौँ। तर त्यो सहज छैन।’

उनले राजतन्त्र फर्किने राजनीतिक रूपमा औचित्य पुष्टि हुने आधार नदेखेको बताए। उनले थपे,’राजतन्त्र फर्किने राजनीतिक रूपमा औचित्य पुष्टि हुने आधार देखेका छैनन्। राजतन्त्र आयो भने त्यसले के दिने तरु राष्ट्रपतिको ठाउँमा राजा भएमात्रै पुगिहाल्ने हो रु या नेपालको जनताको असन्तुष्टि सम्बोधन गर्ने कुनै कार्यक्रम छैन। त्यसै कुदिराखेको देख्छौँ। यसको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको आफ्नो स्वार्थ पूरा गर्ने चलखेल छ। त्यो गम्भीर छ। ठुलो दुर्घटनाको खतरा पनि देखेका छौँ।’उनले अब गणतन्त्रवादीहरुबीच मात्रै नभएर संसदमा रहेका र संसदभन्दा बाहिर रहेका सबैसँग विमर्श आवश्यक रहेको बताए।