नेपाली सेनामा विशेष बढुवा : अधिकारी बने उपरथी
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र ६ २०८१
3.4K
SHARES
६ चैत काठमाडौं । नेपाली सेनाको सहायक रथी रामप्रसाद अधिकारी उपरथीमा र महासेनानी मुकेश बाटाजु सहायक रथीमा बढुवा भएका छन् । यही चैत चार गतेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई विशेष बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवापछि आज बिहान जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरुले दर्ज्यानी चिह्न ग्रहण गरे । प्रधानसेनापति अशोक राज सिग्देलले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सो कार्यक्रममा अन्य रथी, अधिकृतहरुका साथै पदोन्नति भएका परिवारहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट