घट्यो सुनचाँदीको मूल्य
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र ८ २०८१
2.6K
SHARES
८ चैत काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो ।बिहीबार सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार ९९५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट