अमेरिकी परियोजना एमसीसीले निरन्तरता पाउने


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १० २०८१
4K
SHARES

१० चैत काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष निर्णयपछि रोकिएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको छ ।

अमेरिकाले एमसीसी नेपाल कम्प्याक्टका केही कार्य अघि बढाउन अनुमति दिइसकेको नेपालस्थित कार्यालय स्रोतले जानकारी दिएको छ ।अमेरिकाले जनवरी २० अर्थात् पुस ७ गते ९० दिनको कार्यकारी आदेशानुसार रोकिदिएको थियो ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) नेपालका एक अधिकारीले दिएको जानकारीअनुसार केही कामहरु अघि बढाउन अनुमति दिइएको छ । एमसीए नेपालले जारी गरेको एक सूचनामा भनिएको छ, “संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको,” एक विज्ञप्तिमा भनिएको छ, “अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू पर्छन्।”