सिटिजन्स बैंकको Virtual Credit Card : QR बाट भुक्तानी गर्न सकिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१
3.1K
SHARES

१२ चैत काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  Virtual Credit Card लिएर आएको छ । आफ्ना ग्राहक वर्गलाई बैंकले दिने सेवा सुबिधालाई मध्यनजर गर्दै उक्त कार्ड लिएर आएको हो । भर्चुअल क्रेडिट कार्ड’ हाम्रा विद्यमान ग्राहकहरूलाई जारी गरिएको भुक्तानी कार्ड हो जसले कार्ड धारकलाई सामान र सेवाहरूको लागि व्यापारीलाई भुक्तानी गर्न सक्षम बनाउने बैंकले जनाएको छ  ।सिटिजन्स भर्चुअल क्रेडिट कार्डले ब्याजरहित ऋण प्रदान गर्दछ। यसलाई  कोड स्क्यान गरेर किनमेलको लागि प्रयोग गर्न सकिन्छ।

१८ वर्ष पुगेको नेपाली नागरिकले उक्त कार्ड लिन पाउने बैंकले बताएको छ । Virtual Credit Card लिनको लागि Salaried personnel :  मानिसले  Cititizens Virtual Credit Card Application फर्म भरि हस्ताक्षर गर्नु पर्दछ , आफ्नो नागरिकताको अथवा पासपोर्टको फोटोकपी , आफ्नो २ प्रति फोटो , आफ्नो तलबको बिवरण ६ देखी १२ महिना सम्मको र आफुले तलब खाने ठाउँबाट आफुले के कति तलब खाने हो सो को बिवरण खुलाई लेखेको चिठ्ठी सहित पेश गर्नु पर्ने उल्लेख गरेको छ । साथै Business Income Earners को लागि Credit Card Application फर्म भरि हस्ताक्षर गर्नु पर्दछ , फोटो २ प्रति , नागरिकताको अथवा पासपोर्टको फोटोकपी, Financial Statement २ वर्षको , PAN/VAT Certificate फोटोकपी, आम्दानीको  बिवरण ६ देखी १२ महिना सम्मको हुनु पर्ने बताएको छ ।

ऋण ग्राहकहरू : स्वीकृत कोष सीमाको अधिकतम २.५५% वा २५०,००० जुन कम हुन्छ।

स्थिर निक्षेपकर्ता ग्राहकहरू : क्रेडिट कार्ड सीमा  रकमको ५०% वा  २००,००० जुन कम हुन्छ प्रदान गरिनेछ।

तलब ग्राहकहरू : खुद जम्मा गरिएको तलबको अधिकतम १.५ गुणा। कम्तिमा ३ महिनाको तलब खातामा जम्मा गरिएको हुनुपर्छ।

विशेषाधिकार ग्राहकहरू : अधिकतम १ लाख वा औसत उपलब्ध मौज्दातको १०%

भर्चुअल क्रेडिट कार्ड (रुपैयाँ) शुल्क : कार्ड जारी शुल्क रु . ५०० , वार्षिक/नविकरण शुल्क रु .५०० , ढिलो भुक्तानी शुल्क ३०० वा मासिक बाँकी रकमको १% जुन बढी हुन्छ र ब्याजदर २%/महिनाको

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।