कार तथा पार्टसमा ट्रम्पले थप २५ प्रतिशत कर लगाउने


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
2.2K
SHARES

१४ चैत काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट आयात हुने कार तथा यसका पार्ट्समा लाग्ने करको दर थप २५ प्रतिशत बढाउने घोषणा गरेका छन् ।द न्यूयोर्क टाइम्सका अनुसार, ट्रम्पको यो निर्णयको उद्देश्य अमेरिकाभन्दा बाहिर रहेका अमेरिकी कार कम्पनीहरूको उत्पादन प्लान्टहरूलाई देशभित्र फिर्ता ल्याउनु हो ।

अप्रिल ३ बाट यो घोषणा कार्यान्वयनमा आउनेछ । यो निर्णयपछि अमेरिकामा विदेशी कारहरू महँगा हुनेछन् ।यसले फोर्ड मोटर्स, जनरल मोटर्सजस्ता अमेरिका बाहिर उत्पादन प्लान्ट रहेका कम्पनीलगायत विदेशी ब्रान्डका कारलाई असर गर्ने द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

यी कम्पनीहरुको उत्पादन प्लान्ट क्यानाड तथा मेक्सिकोलगायत देशमा छन् ।विदेशबाट आयात हुने कार तथा यसका पार्ट्सबाहेक तयारी ट्रकमा समेत थप २५ प्रतिशत कर लाग्ने बताइएको छ ।यो निर्णयले सुरुआती समयमा अमेरिकी अटोमोबाइल क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने भए पनि दीर्घकालीन रुपमा सकारात्मक नतिजा दिने बताइएको छ ।