गभर्नरमा कसले मार्ला बाजी ?

Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
1.9K
SHARES

१५ चैत काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन केही दिन मात्रै बाँकी रहँदा नयाँ गभर्नर नियुक्तिको विषयले चासो र चर्चा पाएको छ । गभर्नर छान्ने प्रक्रिया सुरु भएसँगै आकांक्षिहरुले भटाभट राजीनामा दिन थालेका छन् ।

प्रधानमन्त्री ओली चैत १८ गते विमस्टेक बैठकका लागि थाइल्यान्ड जाँदैछन् । त्यसअघि नै गभर्नर नियुक्ति टुंग्याउने तयारी छ । शीर्ष तहमा सहमति जुटेपछि अर्थमन्त्री संयोजकत्वको सिफारिस समितिले गभर्नरका उम्मेदवारहरुमध्ये तीन जनाको नाम सिफारिस गर्नेछ । सो सिफारिसको आधारमा सरकारले गभर्नर पदमा नियुक्तिको निर्णय गर्ने छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन केही दिन मात्रै बाँकी रहँदा नयाँ गभर्नर नियुक्तिको विषयले चासो र चर्चा पाएको छ । गभर्नर छान्ने प्रक्रिया सुरु भएसँगै आकांक्षिहरुले भटाभट राजीनामा दिन थालेका छन् ।

प्रधानमन्त्री ओली चैत १८ गते विमस्टेक बैठकका लागि थाइल्यान्ड जाँदैछन् । त्यसअघि नै गभर्नर नियुक्ति टुंग्याउने तयारी छ । शीर्ष तहमा सहमति जुटेपछि अर्थमन्त्री संयोजकत्वको सिफारिस समितिले गभर्नरका उम्मेदवारहरुमध्ये तीन जनाको नाम सिफारिस गर्नेछ । सो सिफारिसको आधारमा सरकारले गभर्नर पदमा नियुक्तिको निर्णय गर्ने छ ।

सिफारिस समितिमा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. विश्व पौडेल र राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य छन् । तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको समितिको सिफारिसको आधारमा महाप्रसाद अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल २०८१ चैत २४ मा सकिँदै छ । अहिले पनि प्रधानमन्त्री र अर्थमन्त्री एमालेकै भएका बेला को गभर्नर बन्ला भन्ने चासो छ ।

गभर्नरका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले सम्भावित ३ जनाको नाम लगभग सहमति नजिक पुगेको छ ।
स्रोतका अनुसार रातारात कुनै ट्वीस्ट आएन भने सम्भावित गभर्नरको रुपमा ज्ञानेन्द्रप्रसाद ढुंगाना, डा. प्रकाश श्रेष्ठ र डा.निलम ढुंगाना छन् ।समितिले उक्त नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने मोटामोटी सहमति भएको बुझिएको छ ।