महालक्ष्मी विकास बैंकले भैरहवा शाखाबाट दिन थाल्यो सुन कर्जा
१५ चैत काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाबाट सुन कर्जा सेवा शुभारम्भ गरेको छ । भैरहवामा आयोजित समारोहका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा तथा प्रदेश प्रमुख एवं शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा सुरुवात गरिएको हो ।ग्राहकहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै बैंकले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज पहुँच सहित सुन कर्जा सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरूले भैरहवा शाखाबाट सरल र भरपर्दो प्रक्रियामार्फत सुन धितो राखी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार, आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न यो सेवा प्रभावकारी बन्नेछ । साथै, सुरक्षित वित्तीय व्यवस्थापन तथा नवीनतम बैंकिङ सेवाहरू उपलब्ध गराउने बैंकको लक्ष्यअनुरूप यो कदम उठाइएको हो ।महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ प्रवद्र्धन गर्दै आफ्नो ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको छ । बैंकले आगामी दिनहरूमा पनि ग्राहक हितलाई केन्द्रमा राखी थप सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।