भाटभटेनीमा राजावादी समूहले रक्सीलगायतका सामग्री लुटे


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
5.2K
SHARES

१५ चैत काठमाडौं । कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् । “कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।

प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन ।”४० मिनेट भइसक्यो प्रहरीलाइ खबर गरिएको तर अझै आइपुगेको छैन,” भाटभटेनीका सीओओ  पानु पौडेलले भने । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् ।