बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो – राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १७ २०८१
2.2K
SHARES

१७ चैत काठमाडौं । घरजग्गामा आकर्षण घट्न थालेपछि त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा परेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०२३/२४ को वार्षिक सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति बढ्नुमा घरजग्गा कारोबार प्रमुख रहेको औँल्याएको हो।

प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा बढ्नुमा उपभोग्य क्षमता कमजोर भई माग घट्नु, अर्थतन्त्र सुस्त हुनु, निर्माण क्षेत्र सुस्त रहनु र कर्जा प्रवाहको उद्देश्यअनुसार कर्जाको उपयोग नहुनु प्रमुख कारण मानेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ४.९९ प्रतिशत छ।