आज सुनको मूल्यमा रेकर्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १७ २०८१
1.9K
SHARES

१७ चैत काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइबार सुनको मूल्य छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको थियो ।  चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।