सुनको भाउले बनायो नयाँ रेकर्ड
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र १८ २०८१
2.3K
SHARES
१८ चैत काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट