घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१
1.6K
SHARES

२५ चैतकाठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने सामान्य बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १८ सय रुपैयाँमा किनबेच भएको थियो।