चीनको एक नर्सिङ होममा भीषण आगलागी


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१
1.8K
SHARES

२७ चैत बेइजिङ ।  उत्तरी चीनको हेबेई प्रान्तको एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । मङ्गलवार राति करिब ९ बजे चेङ्दे सहरको लोङ्हुआ काउन्टीमा आगलागी भएको थियो ।

बुधबार बिहानसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागी के कारणले भयो भनेर अनुसन्धान भइरहेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीहरू र समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै एउटा समाचारमा बताएको छ । घटनाबारे थप विवरण आइसकेको छैन ।