आज सुनको मूल्य हालसम्मकै उच्च


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२
1.3K
SHARES

८ वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको हालसम्मकै उच्च भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो । यससँगै सुन १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।