मन्त्रिपरिषद् बैठक ५ बजे


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२
2K
SHARES

८ वैशाख काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक आज साँझ ५ बजे बस्न लागेको हो। बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २० दिनदेखि शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन्।

त्यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे भने गृहकार्य भइसकेको छैन। सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ। अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको तीन जनाको समितिले अहिलेसम्म सिफारिस गर्न सकेको छैन।चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ।