अरूण तेस्रो आयोजनाको खट्टरले गरे निरीक्षण
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख ९ २०८२
3.2K
SHARES
९ वैशाख काठमाडौं । भारतीय विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरूण तेस्रो आयोजना निरीक्षण गरेका छन् । मंगबार खट्टरले भारतीय कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको आयोजनाको निरीक्षण गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा खट्टर मंगलबार नेपाल आएका हुन् । खड्का र खट्टरले संयुक्तरूपमा कोसी करिडोर प्रसारणलाइन उद्घाटन तथा लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारणलाइनको सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट