सम्झौताभन्दा चार महिना अगावै पुल तयार


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०८२
1.9K
SHARES

११ वैशाख तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ ।

आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिए ।

पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । पाण्डेले भने, “पुल निर्माण कार्य सकिएको छ, अब फिनिसिङ्को काम भइरहेकाले औपचारिक रूमा गाडी गुड्न मिलेको छैन । मोटरसाइकल भने गुड्न थालेका छन्, अबको एक हप्ताभित्रमा गाडी पनि आवतजावत गर्न मिल्छ । कम्पनीले उच्च प्राथमिकताका साथ काम गरेकाले यो सम्भव भएको हो ।”