यो काम भएको भए एक अर्बभन्दा बढी क्षति हुन्थ्यो – मेयर बालेन


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०८२
2.6K
SHARES

११ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं टावरको विवादबारे पुनः बोलेका छन् ।बालेनले टावरमा पटकपटक भ्रष्टाचार भएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका हुन् । नक्सापास र ठेकेदारसँगको निर्माण सम्झौताका कारण महानगरलाई एक अर्बभन्दा बढी क्षति हुने दाबी बालेनको छ ।

भवन निर्माणसम्बन्धी कार्यविधिमा नक्सापास प्रक्रिया र स्वीकृति अनिवार्य रूपमा ईबीपीएस अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था छ । बालेनका अनुसार अहिले पनि सो भवनको नक्सापास छैन ।

“भवनको नक्सापासको प्रक्रियामा धेरै गम्भीर त्रुटिहरू भेटिएका छन् । महानगरलाई आर्थिक क्षति पुर्‍याई केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएका छन् । विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित छन्,” बालेनले लेखेका छन् ।