माओवादी घटकका दुई पार्टीसँग एकताको वार्ता आजै हुँदैछ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२
2.2K
SHARES

१३ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानपछि सिंगो मधेश माओवादी र प्रचण्डमय भएको दाबी गरेका छन् ।

माओवादी सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र पनि एकताको नयाँ आधार बन्दै गइरहेको बताए ।प्रचण्डले आजै माओवादी घटकको दुई पार्टीबीच एकताबारे वार्ता हुन लागेको बताए ।