गगन थापाविरुद्धको मुद्दा सपना र नित्यानन्दको इजलासमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०८२
2K
SHARES

१६ वैशाख काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध सर्वाेच्चमा परेकाे अदालतको अवहेलना सम्बन्धी मुद्दाको पेसी संयुक्त इजलासमा परेको छ। यो मुद्दाको पेसी कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको  संयुक्त इजलासमा परेको हो।

थापा विरुद्ध गएको आइतबार अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो। अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दिएका हुन्।

थापाले गएको बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा ‘सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ। हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

उनको यो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको दाबी गर्दै कारबाहीको मागसहित शुक्रबार निवेदन पेस भएको थियो।

थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरेको दाबी गर्दै भनेका थिए, ‘अहिले सम्मानीत अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई दुईरतीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ। कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ।’