नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
2.3K
SHARES

१९ वैशाख काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल सुरु हुने भएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गर्ने र जवाफ दिने कार्यसूची तय भएको जानकारी दिए ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि संशोधनका लागि वैशाख २० र २१ गते कार्य व्यवस्था शाखामा संशोधनको सूचना दिन सकिने उनले बताए ।त्यसअघि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम टेबुल गरेका थिए ।